Xiaomi गोपनीयता नीति

हाम्रो गोपनीयता नीति 4 सेप्टेम्बर 2019 मा अपडेट गरिएको हो।

कृपया हाम्रो गोपनीयता अभ्यासहरूसँग परिचित हुन एक क्षण दिनुहोस् र कुनै प्रश्न छ भने हामीलाई सोध्नुहोस्।

हाम्रो बारेमा

Xiaomi Singapore Pte. Ltd., Xiaomi Technology Netherlands B.V. र यसका Xiaomi समूहभित्र भएका सम्बद्ध कम्पनीहरू (यसपश्चात “Xiaomi”, “हामी”, “हाम्रो” वा “हामीहरू” भनेर चिनिने) ले तपाईंको गोपनीयतालाई गम्भीरतापूर्वक लिने छ। यो गोपनीयता नीति तपाईंलाई ध्यानमा राखेर बनाइएको छ, र यो महत्त्वपूर्ण छ कि तपाईंले हाम्रो व्यक्तिगत जानकारी संग्रह र उपयोग गर्ने प्रविधिहरू विस्तृत रूपमा बुझ्नुभएको छ, र साथै तपाईंले Xiaomi लाई दिनुभएको कुनै पनि व्यक्तिगत जानकारीमाथि तपाईंको नियन्त्रण भएको कुरामा विश्वस्त हुनुहुन्छ।

यस गोपनीयता नीतिबारे

स्वतन्त्र गोपनीयता नीति प्रदान गर्ने विशिष्ट Xiaomi उत्पादनहरूलाई छाडेर यो गोपनीयता नीति सबै Xiaomi डिभाइस, वेबसाइट वा एप्लिकेसनहरूमा लागु हुन्छ जसले यो गोपनीयता नीतिलाई सन्दर्भ वा लिङ्क गर्छ। यो गोपनीयता नितिले तपाईंले वेबसाइट(www.mi.com, en.miui.com, account.xiaomi.com) मा भएका हाम्रा उत्पादनहरू र सेवाहरू प्रयोग गर्दा, र हाम्रो मोबाइल डिभाइसमा भएको एप्लिकेसन प्रयोग गर्दा Xiaomiले तपाईंले हामीलाई प्रदान गर्नुभएको वा हामीले एकत्र गरेको तपाईंको कुनै पनि व्यक्तिगत जानकारीहरू कसरी संग्रह, प्रयोग, खुलासा, प्रक्रिया र सुरक्षा गर्छौं यस बारेमा उल्लेख गर्छ। यदि Xiaomi उत्पादनले एउटा छुट्टै गोपनीयता नीति प्रदान गर्छ भने, त्यो छुट्टै गोपनीयता नीतिलाई प्राथमिक मानिनेछ, र यसमा कभर नगरिएको भाग यस गोपनीयता नितीको शर्त अनुसार हुनेछ। साथै, विशिष्ट उत्पादन र सेवाहरूले तपाईंको व्यक्तिगत जानकारी कसरी सङ्कलन र प्रक्रिया गर्छ सो डिभाइसको मोडेल, सेवा संस्करण वा क्षेत्र अनुसार अलग अलग हुनसक्छ। थप जानकारीको लागि हामी तपाईंलाई छुट्टै गोपनीयता नीति हेर्ने सुझाव दिन्छौं।

यो गोपनीयता नीतिअन्तर्गत, "व्यक्तिगत जानकारी" मार्फत त्यो जानकारी राखिएको छ जसबाट प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा व्यक्तिको पहिचान गर्न सकिन्छ, त्योजानकारीबाट वा त्यो जानकारीसंग सम्बन्धित अन्य जानकारीहरू जोडेर Xiaomiले कुनै पनि व्यक्तिको पहिचान गर्न सक्छ, विशेष रूपमा तपाईंको क्षेत्रमा लागू कानून द्वारा यसको घोषणा गरिएको बाहेक। हामी तपाईंको व्यक्तिगत जानकारीको प्रयोग गोपनीयता नीतिअनुसार गम्भीरतापूर्वक गर्नेछौं।

हामी तपाईंलाई कसरी सहयोग गर्न सक्छौं

अन्ततः, हामी हाम्रा सबै प्रयोगकर्ताहरूका लागि उत्तम होस् भन्ने चाहन्छौं। यो गोपनीयता नीतिमा संक्षिप्त रूपमा दिइएको हाम्रो डाटा सञ्चालन अभ्यासलाई लिएर कुनै चिन्ता छ भने, तपाईंको विशिष्ट चिन्ताहरूको समाधान गर्न privacy@xiaomi.com मा कृपया सम्पर्क गर्नुहोस्। तपाईंबाट यो सुन्न पाउँदा हामी हर्षित हुनेछौं। यदि तपाईंसंग समाधान नभएका गोपनीयता वा डाटाको प्रयोगसम्बन्धी समस्या र हामीले यसको सन्तोषजनक रूपमा समाधान गर्न सकेका छैनौं भने, कृपया हाम्रो US-मा आधारित तेस्रो पक्ष विवाद समाधान प्रदायकलाई (नि:शुल्क) https://feedback-form.truste.com/watchdog/request मा सम्पर्क गर्नुहोस्

TRUSTe

1 हामीले कस्ता जानकारी एकत्रित गरेका छौं र हामी यसलाई कसरी प्रयोग गर्न सक्छौं?

1.1 हामीले कस्ता जानकारी एकत्रित गरेका छौं

हाम्रा सेवाहरू तपाईंलाई प्रदान गर्न, हामी तपाईंलाई तपाईंको व्यक्तिगत जानकारीबारे सोध्नेछौं जुन तपाईंलाई यी सेवाहरू प्रदान गर्नका लागि आवश्यक छ। हामी केवल ती जानकारीहरू मात्र एकत्रित गर्नेछौँ जुन यसको निर्दिष्ट, ठोस, स्पष्ट र वैध उद्देश्यका लागि आवश्यक छ र यससँग असंगत कुनै अन्य तरिकाले जानकारीलाई संशोधन गरिनेछैन। तपाईंसंग हामीले तपाईंलाई अनुरोध गरेको तपाईंको व्यक्तिगत जानकारी दिने अथवा नदिने पूर्ण अधिकार छ, तर थुप्रै अवस्थाहरूमा तपाईंले आफ्नो व्यक्तिगत जानकारी उपलब्ध गराउनु भएन भने हामी तपाईंलाई हाम्रो उत्पादन सेवाहरूको विषयमा तपाईंका प्रश्नहरूको जवाफ दिन सक्ने छैनौं।

तपाईंले छनौट गर्नु भएका सेवा अनुसार हामी निम्न प्रकारका सूचनाहरू सङ्कलन गर्नेछौं:

1.1.1 तपाईंले हामीलाई उपलब्ध गराउनुभएको सूचना:

हामी तपाईंले उपलब्ध गराउनु भएको कुनै पनि व्यक्तिगत जानकारीहरू सङ्कलन गर्न सक्नेछौं, जुन तपाईंले छनौट गर्नु भएको सेवाका लागि आवश्यक हुनेछ। उदाहरणका लागि, यदि तपाईंले mi.com को खुद्रा सेवाहरू लिनु भएको छ भने तपाईंले आफ्नो नाम, फोन नम्बर, ईमेल ठेगाना, प्राप्त गर्ने ठेगाना, आदेश, चलानी विवरण, बैंक खाता नम्बर, खातावालाको नाम, क्रेडिट कार्ड नम्बर अनि अन्य जानकारी दिनुपर्ने हुन्छ, यदि तपाईंले Xiaomi Cloud सेवाहरू प्रयोग गर्नुभयो भने सामग्रीहरू वा डाटा समक्रमण गर्नुपर्ने हुनसक्छ, यदि तपाईं खाता खोल्नु हुन्छ भने तपाईंले आफ्नो लिङ्ग, सुरक्षा सम्बन्धी सूचना र अन्य जानकारी दिनुपर्ने हुन्छ, यदि तपाईं MIUI फोरम वा अन्य Xiaomi प्लेटफर्ममा आबद्ध हुनुहुन्छ भने तपाईंले हालको नोकरीको प्रकार, योग्यता अनि अन्य कुनै सामाजिक क्रियाकलापसँग सम्बन्धित जानकारी स्वतन्त्र रूपमा राख्नु पर्ने हुन्छ।

1.1.2 हामी तपाईंले प्रयोग गर्नुभएको सेवाहरूको जानकारी सङ्कलन गर्नेछौं

• डिभाइस वा सिमसँग सम्बन्धित जानकारी. उदाहरणका लागि, IMEI नम्बर, GAID नम्बर, IMSI नम्बर, MAC ठेगाना, क्रम सङ्ख्या, MIUI संस्करण र प्रकार, ROM संस्करण, Android संस्करण, Android ID, स्पेस ID, सिम कार्ड अपरेटर र यसको स्थान क्षेत्र, स्क्रिन डिस्प्लेसम्बन्धी जानकारी, डिभाइसको किप्याडसम्बन्धी जानकारी, डिभाइस उत्पादकसम्बन्धी जानकारी र नमूनाको नाम, डिभाइस सक्रिय पार्ने समय, नेटवर्क अपरेटर, जडानको प्रकार, आधरभूत हार्डवेयरसम्बन्धी जानकारी र उपयोगसम्बन्धी जानकारी ( जस्तै CPU, भण्डारण, ब्याट्रीको उपयोग, स्क्रिनको रिजोल्युसन र डिभाइसको तापमान, क्यामेरा लेन्सको नमूना)

तपाईंको विशेष व्यक्तिगत जानकारी जुन तेस्रो पक्ष सेवा प्रदायक र व्यापारिक साझेदारद्वारा निर्दिष्ट गरिएको हुनसक्छ: हामी तेस्रो पक्ष र व्यापारिक साझेदारहरूद्वारा निर्दिष्ट गरिएका तपाईंको व्यक्तिगत जानकारी जस्तै तपाईंको विज्ञापन ID सङ्कलन र उपयोग गर्न सक्छौं।

• तपाईंले उपयोग गर्ने एप्लिकेसनसंग सम्बन्धित जानकारी, एप्लिकेसनको आधारभूत जानकारी, जस्तै एप्लिकेसन सूची, एप्लिकेसनको ID सम्बन्धी जानकारी, SDK संस्करण, सिस्टम अपडेट सेटिङ, एप्लिकेसन सेटिङ (क्षेत्र, भाषा, समय क्षेत्र, लिपि) र एप्लिकेसन स्टाटसको रेकर्ड ( उदाहरणका लागि डाउनलोड गर्दै, सम्पन्न हुँदैछ, अपडेट हुँदैछ, मेटिँदैछ) समावेश छन्।

•तपाईंले सेवा उपयोग गर्दा उत्पन्न हुने जानकारी, जस्तै MIUI फोरम सेवाहरूका लागि तपाईंको ब्याज, रेटिंगहरू, साइन-इन जानकारी र ब्राउजिङ रेकर्डहरू, MIUI फोरममा तपाईंका सन्देशहरू ( केवल पठाउने र प्राप्त गर्ने पक्षहरूमा मात्र देखिन्छ), जब तपाईं Mi पुस सेवाहरू उपयोग गर्नुहुन्छ, पुस सामग्रीहरू उत्पन्न हुनेछन्; विज्ञापन सेवाहरूका लागि तपाईंको व्यवहार ( जस्तै क्लिक गरेर, ब्राउजिङ गरेर आदि)।

• स्थानसम्बन्धी जानकारी (केवल विशिष्ट सेवा / कार्यक्षमताका लागि): तपाईंले स्थानसम्बन्धित सेवाहरू (नेभिगेसन सफ्टवेयर, मौसम सफ्टवेयर र डिभाइस पत्ता लगाउने कार्यक्षमता भएको सफ्टवेयर) को उपयोग गर्दा सठीक वा अनुमानित स्थानबारे विभिन्न प्रकारका जानकारी। उदाहरणका लागि, क्षेत्र, देशको कोड, शहरको कोड, मोबाइल नेटवर्कको कोड, देशको मोबाइल कोड, सेलफोनको परिचय, देशान्तर र अक्षांशबारे जानकारी, समय क्षेत्रको सेटिङ, भाषासम्बन्धी सेटिङहरू। तपाईंले फोन सेटिङ (सेटिङहरू - अनुमतिहरू) अन्तर्गत कुनै पनि समय हरेक एप्लिकेसनका लागि आफ्नो स्थानसम्बन्धी जानकारी बन्द गर्न सक्नुहुन्छ।

• लगसम्बन्धी जानकारी: तपाईंको निश्चित कार्य,एप्स र वेबसाइटहरूको प्रयोगसम्बन्धी जानकारी उदाहरणका लागि, सेवाहरू(जस्तै पन्जीकरणको समय, पहुँच गरेको समय, गतिविधिको समय, आदि) को उपयोग गर्दा उत्पन्न भएका कुकीहरू र अन्य अज्ञात पहिचान भएका प्रविधिहरू, IP ठेगाना, नेटवर्क अनुरोध गरिएको जानकारी, अस्थायी सन्देशसम्बन्धी इतिहास, मानक सिस्टम लगहरू, क्र्याससम्बन्धी जानकारी, लगसम्बन्धी जानकारी।

अन्य जानकारी: पर्यावरण विशेषताहरू मान (ECV) ( यसको अर्थ Mi खाताको आइडीबाट जनरेट भएको मान, फोन डिभाइसको आइडी , जडित वाइ-फाइको आइडी र स्थानसम्बन्धी जानकारी)।

1.1.3 तेस्रो पक्षका स्रोतहरूबाट प्राप्त जानकारी

कानुनले अनुमति दिएमा हामी तेस्रो पक्षका स्रोतहरूबाट तपाईंबारे जानकारी सङ्कलित गर्नेछौं। उदाहरणका लागि,

• खाता अनि वित्तिय लेनदेन सामेल हुन सक्ने केही सेवाहरूका लागि तपाईंको अनुमति लिएर हामीले तपाईंद्वारा दिइएका जानकारी (जस्तै फोन नम्बर) लाई सुरक्षा अनि धोखाधडी रोकथाम गर्ने उद्देश्यले वैध तेस्रो पक्षको स्रोतहरूद्वारा मान्य गर्न सक्छौ;

• हामीले तपाईंलाई विज्ञापन सेवा प्रदान गर्नका लागि निर्दिष्ट पहिचानकर्ता प्रतिकहरू( जस्तै विज्ञापनदाताको IMEI) प्राप्त गर्न सक्छौं;

• हामी तेस्रो पक्ष सामाजिक नेटवर्क सेवाहरू (उदाहरणका लागि जब तपाईं सामाजिक नेटवर्क खाता Xiaomiका सेवाहरूमा साइन इन गर्न प्रयोग गर्नुहुन्छ) बाट केही जानकारी जस्तै खाता आइडी-हरू र उपनाम पनि प्राप्त गर्न सक्छौ;

• हामीलाई तपाईंबारे अन्य मानिसहरूले उपलब्ध गराएका जानकारी (उदाहरणका लागि तपाईंको सामान प्राप्त गर्ने ठेगाना जुन अन्य प्रयोगकर्ताले हामीलाई उपलब्ध गराउँछन् जब तिनीहरूले mi.com सेवा मार्फत तपाईंका लागि सामान किनिदिन्छन्)।

1.1.4 पहिचान गर्न नसकिने सूचना

हामी अन्य किसिमका जानकारी सङ्कलन गर्दछौं जुन प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा व्यक्तिसँग सम्बन्धित नहुन सक्छन् र जुन लागू स्थानीय कानून अन्तरगत व्यक्तिगत जानकारीको रूपमा परिभाषित हुन सक्दैन। तपाईंले विशिष्ट सेवा उपयोग गर्दा केही यस्ता समावेश भएका जानकारीले सांख्यिकीय डाटा उत्पन्न गराउँछ ( उदाहरणका लागि अज्ञात डिभाइससँग सम्बन्धित जानकारी, दैनिक प्रयोगका घटनाहरू, पृष्ठ पहुँचका घटनाहरू, पृष्ठ पहुँचसम्बन्धी समयका घटना र सत्रहरू); नेटवर्क सञ्चालन डाटा (उदाहरणका लागि अनुरोध समय,अनुरोध गरिएका सङ्ख्या वा गलत अनुरोध आदि।); एप्लीकेसन क्र्याशका घटनाहरू। हामीले यस प्रकारका सूचना सङ्कलन गर्नुको उद्देश्य तपाईंलाई प्रदान गरिएका सेवाहरूमा सुधार ल्याउनु हो। सङ्कलित सूचनाको प्रकार अनि परिमाण तपाईं उत्पादन र/वा सेवाहरूको प्रयोग कसरी गर्नुहुन्छ भन्ने कुरामा आधारित हुन्छ।

हाम्रो वेबसाइट वा मोबाइल एप्लीकेसनमार्फत हामी विशिष्ट डिभाइस पहिचानकर्ता, डिभाइसको मोडल, सिस्टम संस्करण नम्बर र तपाईंका गतिविधिबारे जानकारी जस्ता सूचना सङ्कलन गर्छौं। हाम्रो वेबसाइटको कुन भाग, उत्पादन र सेवाहरूमा तपाईंको रुचि छ सो बारे अझ धेरै उपयोगी जानकारीहरू प्रदान गर्न हामी यस्ता जानकारीहरू एकत्रित गर्छौं। यस्ता एकत्रित डाटामा तपाईंको परिचय गराउने व्यक्तिगत जानकारी समावेस हुँदैन। यद्यपि हामी अवैयक्तिक जानकारीलाई व्यक्तिगत जानकारीसँग जोड्छौं भने, यस्ता जानकारीलाई व्यक्तिगत जानकारीको रूपमा मानिनेछ।

1.2 हामीले सङ्कलन गरेका व्यक्तिगत जानकारीलाई कसरी उपयोग गर्छौं

व्यक्तिगत जानकारी सङ्कलन गराउनुको उद्देश्य तपाईंलाई उत्पादन र / वा सेवाहरू प्रदान गर्नु हो र हामी लागू कानुन, नियमहरू र अन्य नियामक आवश्यकताहरू पालन गर्छौं भन्ने सुनिश्चित गर्नका लागि हो। यसमा यी कुराहरू समावेश हुन्छन्:

•हामी हाम्रा उत्पादन/सेवाहरू तपाईंलाई प्रदान गर्न, प्रोसेसिङ गर्न, रेखदेख गर्न र विकशित गर्न, जस्तै डेलिभरी, सक्रियता, प्रमाणीकरण, पछिल्लो बिक्री गरेपछि दिने सेवाहरू, ग्राहक सहायता र विज्ञापन गर्नका लागि।

• तपाईंको फोन चोरी हुन देखि रोक्न र धोखाधडीबाट बचाउँनका लागि सुरक्षा उपायहरू लागू गरेर, जस्तै योगकर्ताको पहिचान गर्नमा मदत र प्रयोगकर्ताको पहिचान प्रमाणीत गरेर। हामी तपाईंको जानकारीलाई धोखाधडीबाट बचाउँनका लागि निम्न दुईवटा अवस्थामा मात्र प्रयोग गर्छौं: यो आवश्यक छ भने; र मूल्यांकन गर्न प्रयोग गरिएको डाटा Xiaomiको वैध रुचि अनुसार प्रयोगकर्ता र सेवाहरूको सुरक्षा गर्नका लागि हो भने।

• तपाईंका उपकरण,सेवा, प्रश्न वा अनुरोधहरूको सन्चालन गर्नका लागि, जस्तै ग्राहकका प्रश्नहरूका उत्तर दिने, सिस्टम एप्लिकेसन बारे सूचनाहरू,स्वीपस्टेक्स जस्ता तपाईंका गतिविधिहरू व्यवस्थापन गर्न।

•सान्दर्भिक प्रचारात्मक गतिविधिहरूको सन्चालन,जस्तै मार्केटिंग र प्रचारात्मक सामग्री र अपडेटहरू प्रदान गर्न। तपाईं अबउसो केही प्रचारात्मक सामग्रीहरू प्राप्त गर्न चाहनुहुन्न भने तपाईं सन्देशमा प्रदान गरिएको विधि (जस्तै सन्देशको अन्तमा भएको लिंकमा सदस्यता रद्द गर्नुहोस् ) मार्फत यसलाई बन्द गर्न सक्नुहुन्छ, अन्यथा लागू कानून अन्तर्गत निर्दिष्ट नभएसम्म। कृपया तल दिइएको “तपाईंका अधिकारहरु” पनि हेर्नुहोस्।

• व्यक्तिगत सेवा र सामग्री प्रदान गर्दै। तपाईंले हाम्रो उत्पादन र सेवाहरू प्रयोग गर्दा उत्पन्न गर्नुभएको जानकारीको आधारमा, खरीद इतिहास, वेबसाइट ब्राउजिंग इतिहास, र भौगोलिक स्थानहरुको आधारमा हामी विज्ञापन सहित, व्यक्तिगत उत्पादन, सेवा र गतिविधिहरू सिफारिस गर्न सक्छौं। तपाईंसंग कुनै पनि समय निजीकृत विज्ञापनहरू प्राप्त गर्न बन्द गर्ने र प्रोफाइलिंगको बिरोध गर्ने अधिकार छ, यसमा प्रत्यक्ष मार्कटिंगका उदेश्यले गरिएको प्रोफाइलिंग पनि शामेल छ। त्यसो गर्न, तपाईंले फोन सेटिङमा कुनै पनि समयमा खोल्न वा बन्द गर्न सक्नुहुन्छ। (सेटिङ्हरू - अतिरिक्त सेटिङहरू - गोपनीयता - विज्ञापन सेवाहरू) वा हामीलाई privacy@xiaomi.com मा सम्पर्क गर्नुहोस्। कृपया तल दिइएको “तपाईंका अधिकारहरु” पनि हेर्नुहोस्।

• तपाईंलाई सार्वजनिक फोरमहरूमा टिप्पणीहरू पोस्ट गर्ने अनुमति दिइने छ।

• आन्तरिक उद्देश्य, जस्तै हाम्रो उत्पाद वा सेवाहरूलाई अझ उत्कृष्ट बनाउनका लागि, हाम्रो उत्पाद र सेवाहरूसंग सम्बन्धित सांख्यिकीय जानकारीको डाटाको विश्लेषण, अनुसन्धान र विकास। उदाहरणका लागि, पहिचान लुकाउने प्रक्रिया पछि मेशीन लर्निंग वा मोडल एल्गोरिथम ट्रेनिंग गरिन्छ।

• तपाईंको डिभाइसको प्रदर्शन अनुकूलन गर्दै, जस्तै तपाईंको एप्लिकेसनको मेमोरी उपयोग वा CPU उपयोगको विश्लेषण गर्न।

• हाम्रो व्यवसाय सन्चालनका लागि तपाईंसँग सम्बन्धित जानकारी भण्डारण गर्ने र कायम राख्ने (जस्तै व्यावसायिक तथ्याङ्क) वा हाम्रो कानुनी दायित्वहरू पूरा गर्नका लागि।

• स्थानीय सेवाहरू प्रदान गर्दै यसलाई हाम्रो सर्भरहरूसँग सञ्चार गर्ने आवश्यकता पर्दैन, जस्तै तपाईंको डिभाइसमा नोट्स सेवा प्रयोग गर्ने।

• तपाईंका सहमतिका साथ अन्य उद्देश्यहरू।

हामीले तपाईंको जानकारी (जसमा व्यक्तिगत जानकारी समावेश हुन सक्छ) कसरी प्रयोग गर्छौँ भन्नेबारे थप विवरणहरू यहाँ दिइएको छ:

• तपाईंका लागि खरिद गरिएका Xiaomi उत्पादन वा सेवाहरूलाई सक्रिय र पन्जिकृत गर्दै

• तपाईंको Mi खाता सृजना गर्न र देखरेख गर्ने। तपाईंले हाम्रो वेबसाइटहरूमा वा हाम्रो मोबाइल डिभाइसहरूको माध्यमबाट Mi खाता खोल्नु भएमा तपाईंका लागि व्यक्तिगत Mi खाता र प्रोफाइल पेज बनाउनका लागि व्यक्तिगत जानकारी एकत्रित गरिन्छ।

• तपाईंको खरिद गरिएको अर्डर प्रसोधन गर्दै। ई-वाणिज्य अर्डरसम्बन्धी जानकारीको उपयोग खरिद गरिएको अर्डरलाई प्रसोधन गर्न र ग्राहक सेवा र पुन: वितरणलगायत बिक्रीपछिका सम्बन्धित सेवाहरू प्रदान गर्नका लागि गरिन्छ। यसका अतिरिक्त, अर्डर नम्बरको उपयोग डेलिभरी पार्टनरसँग अर्डर डेलिभरी भएको नभएको दोहोरो जाँच गर्न र पार्सल डेलिभरी गरेको रेकर्ड राख्नका लागि गरिनेछ। नाम, ठेगाना, फोन नम्बर र पोष्टल कोडसहित प्रापकको जानकारी डेलिभरी उद्देश्यका लागि उपयोग गरिने छ। तपाईंको इमेल ठेगानाको प्रयोग तपाईंको पार्सल ट्र्याकिङ जानकारी पठाउनका लागि प्रयोग गरिन्छ। खरीद गरिएका वस्तुको सूचीको प्रयोग इनभ्वाइस प्रिन्ट गर्नका लागि गरिन्छ र ग्राहकलाई पार्सलमा कुन-कुन वस्तुहरू छन् भनेर हेर्ने सजिलो बनाउँछ।

• MIUI फोरममा भाग लिन। MIUI फोरम वा अन्य Xiaomi इन्टरनेट प्लेटफर्मसँग सम्बन्धित व्यक्तिगत जानकारीको उपयोग प्रोफाइल पेज डिस्प्ले गर्न, अन्य प्रयोगकर्ताहरूसँग वार्ताताप गर्न र फोरममा भाग लिनका लागि गर्न सकिन्छ।

• Xiaomi क्लाउड र अन्य MIUI सेवाहरू प्रदान गर्दा। निम्न जानकारी: ( IMEI नम्बर, IMSI नम्बर, फोन नम्बर,डिभाइस आइडी, डिभाइसअपरेट गर्ने सिस्टम, MAC ठेगाना,डिभाइसको प्रकार, सिस्टम र प्रदर्शनसम्बन्धी जानकारीसहित डिभाइस वा सिम कार्डसम्बन्धी जानकारी र देशको मोबाइल कोड, मोबाइलको नेटवर्क कोड, स्थान क्षेत्र कोड र सेल पहिचान) MIUI सेवाहरू सक्रिय गर्न , जस्तै प्रयोगकर्ता प्रमाणीकरण र सेवाहरू सक्रिय गर्ने उद्देश्यले Xiaomi क्लाउड, कलको इतिहाससम्बन्धी जानकारी समक्रमण गर्न, SMS समक्रमण गर्न, डिभाइस फेला पार्न उपयोग गरिन्छ।

• सक्रियता विफल हुनुको कारण खुट्याउँदै: सेवासम्बन्धी नेटवर्क अपरेटरको पहिचान गर्न र त्यसको विफलताबारे नेटवर्क अपरेटरलाई सूचित गर्नका लागि स्थान सम्बन्धित जानकारीको उपयोग सिम कार्डको सक्रियता विफलताबारे (जस्तै संक्षिप्त सन्देश सेवा (SMS) गेटवे र नेटवर्कका विफलताहरू) पहुँच गर्न गरिन्छ।

• अन्य MIUI सेवाहरू प्रदान गर्दै MIUI सेवाहरूद्वारा एकत्रित गरिएका जानकारीको उपयोग सेवा अनुकूलन प्रदान गर्ने समयमा उक्त सेवाका कार्यहरू प्रदर्शन गर्नका लागि गरिन्छ, जस्तै MIUI सेवा सम्बन्धित गतिविधिहरू डाउनलोड गर्न, अपडेट गर्न, पन्जीकरण गर्न, निष्पादित गर्न र अनुकूलन गर्न। उदाहरणका लागि, थीम्स स्टोरद्वारा संकलित व्यक्तिगत जानकारी तपाईंको डाउनलोड र ब्राउजिङ इतिहासको आधारमा व्यक्तिगत थीम सिफारिश सेवाहरू प्रदान गर्न सक्छ।

• तपाईंको डिभाइस पत्ता लगाउँदै। तपाईंको फोन हराए वा चोरी भएमा Xiaomiको डिभाइस फेला पार्ने सुविधाले तपाईंको फोन खोज्न र सुरक्षित गर्नमा मद्दत गर्न सक्छ। तपाईंको फोनद्वारा प्रदान गरिएको मानचित्र प्रयोग गरेर स्थानसम्बन्धी जानकारीको प्रयोग गरी तपाईं आफ्नो फोन पत्तो लगाउन, तपाईं फोनलाई खाली गर्न वा लक गर्न सक्नुहुन्छ। जब तपाईं सक्रिय रूपमा आफ्नो फोनको खोजीमा जुट्नुहुन्छ, तब तपाईंको मोबाइल डिभाइसद्वारा स्थानसम्बन्धी जानकारी क्याप्चर हुन्छ; केही परिस्थितिहरूमा, यो जानकारी सेल टावर वा वाइ-फाइ हटस्पटहरूबाट पनि प्राप्त गरिन्छ। तपाईं फोन सेटिङ ( सेटिङहरू-Mi खाता-Xiaomi क्लाउड-डिभाइस फेला पार्नुहोस्) भित्र गएर कुनै पनि समय यस सुविधालाई चालू वा बन्द गर्न सक्नुहुनेछ।

• फोटोमा स्थानसम्बन्धी जानकारी रेकर्ड गर्दै। फोटो लिँदै गर्दा तपाईं आफ्नो स्थानसम्बन्धी जानकारी रेकर्ड गर्न सक्नुहुनेछ। यो जानकारी तपाईंको फोटो फोल्डरभित्र देखा पर्नेछ र स्थानसम्बन्धी जानकारी तपाईंको फोटोहरूको प्रपर्टी जानकारीमा बचत हुनेछ। यदि तपाईं फोटो लिँदै गर्दा तपाईंको स्थान रेकर्ड गर्न चाहनुहुन्न भने तपाईं कुनै पनि समय डिभाइसको क्यामेरा सेटिङमा गएर यसलाई बन्द गर्न सक्नुहुनेछ।

• सन्देश पठाउने कार्यहरू प्रदान गर्दै ( जस्तै Mi टक, Mi सन्देश)। यदि तपाईं Mi टक डाउनलोड र उपयोग गर्नुहुन्छ भने Mi टक द्वारा एकत्रित जानकारीको उपयोग यस सेवालाई सक्रिय गर्न अनि प्रयोगकर्ता र सन्देश प्राप्तकर्ताको पहिचान गर्नका लागि गर्न सकिन्छ। यसका साथै, च्याट ईतिहास प्रयोगकर्ताले एपहरू फेरि इन्स्टल गरेपछि पुराना च्याटहरू लोड गर्न, वा डिभाइसहरूमामा समिकरणको लागि भण्डारण गरिएको छ। सेवाहरू सक्रिय गर्न र सन्देश राउटिंगसहित सेवालाई कार्य गर्नका लागि सक्षम बनाउनलाई जानकारी (प्रेषक र प्राप्तकर्ताको फोन नम्बर र Mi सन्देश आइडीहरू) को उपयोग Mi सन्देशका लागि गर्न सकिन्छ।

• स्थान आधारित सेवाहरू प्रदान गर्दै। MIUI सेवाहरूको उपयोग गर्ने क्रममा, स्थानसम्बन्धी जानकारीको उपयोग हामी वा तेस्रो पक्षका सेवा प्रदाताहरूद्वारा र व्यावसायिक साझेदारहरूद्वारा पनि प्रयोग गर्न सकिन्छ (थप जानकारीका लागि तल दिइएको “हामी तपाईंको व्यक्तिगत जानकारीलाई कसरी साझा गर्छौं, स्थानान्तरित गर्छौं र सार्वजनिक रूपमा प्रकट गर्छौ” हेर्नुहोस्) उत्कृष्ट सम्भव प्रयोगकर्ता अनुभवका लागि तपाईंलाई सेवाको सही संस्करण र त्यस स्थानको बारेमा सठीक विवरण दिइनेछ, जस्तै मौसमको विवरण, स्थानसम्बन्धी पहुँच (Android प्लेटफार्मको भागका रूपमा)। तपाईं सेटिङमा स्थान सेवाहरू बन्द गर्न सक्नु हुन्छ वा एपको स्थान सेवाहरूको उपयोग कुनै पनि समय बन्द गर्न सक्नु हुनेछ।

• प्रयोगकर्ता अनुभवमा सुधार गर्दै। प्रयोगकर्ता अनुभवलाई सुधार गर्न प्रयोगकर्ता अनुभव कार्यक्रम जस्ता केहि अप्ट-इन सुविधाहरूले Xiaomi लाई प्रयोगकर्ताहरूले कसरी मोबाइल फोन र MIUI सेवाहरू प्रयोग गर्छन् यसको डाटा विश्लेषण गर्ने अनुमति दिन्छन्, जस्तै क्र्यास रिपोर्टहरू पठाउँदै।

• तपाईंलाई सुरक्षा केन्द्र उपयोग गर्ने अनुमति दिँदै। एकत्रित गरिएको जानकारीको प्रयोग सुरक्षा एपमा सुरक्षा र सिस्टम अप-किपिङ कार्यक्षमताहरूका लागि हुन सक्छ, जस्तै सुरक्षा स्क्यान, ब्याट्री सेभर, ब्लकसूची, क्लीनर आदि। यीमध्ये केही कार्यक्षमताहरू तेस्रो पक्ष सेवा प्रदायकहरू र/वा व्यावसायिक साझेदारहरूद्वारा सन्चालित हुन्छन् (थप जानकारीका लागि तल दिइएको "रूपमा प्रकट गर्छौ" हेर्नुहोस्)। सूचना (भाइरस परिभाषा सूचीहरू, व्यक्तिगत जानकारी होइन) सुरक्षा स्क्यान कार्यहरूका लागि प्रयोग गरिन्छ।

• पुस सेवा प्रदान गर्दै। Mi खाता आइडी र GAID / IMEI नम्बरहरूको उपयोग विज्ञापन प्रदर्शनको मूल्याङ्कनका लागि Xiaomi पुस सेवा प्रदान गर्न र सफ्टवेयर अपडेट वा नयाँ उत्पादन घोषणाहरू बारे सूचनाहरू पठाउनका लागि पनि गरिन्छ, जसमा बिक्री र प्रचारसम्बन्धी जानकारी समावेश छ। यसबाहेक, चयनित तेस्रो पक्षहरू (जो तपाईंको व्यक्तिगत जानकारीको डाटा नियन्त्रकहरू पनि हुनेछन्) - थप जानकारीको लागि तल दिइएको "हामी तपाईंको व्यक्तिगत जानकारी कसरी साझा गर्छौं, स्थानान्तरित गर्छौं र सार्वजनिक रूपमा प्रकट गर्छौं” हेर्नुहोस्) को अधिन छ, Xiaomi पुस सेवाले तपाईंको MIUI खाता आइडी र MIUI बाट IMEI नम्बरहरू प्रयोग गरी विज्ञापन प्रदर्शनको मूल्यांकन गर्न वा सूचनाहरू पठाउन सक्छ। हामी तपाईंलाई पुश सन्देशहरू पठाउने उद्देश्यले तपाईंको व्यक्तिगत जानकारीको उपयोग गर्न सक्छौं (चाहे हाम्रो सेवाभित्र सन्देश पठाएर, ईमेल वा अन्य माध्यमहरू मार्फत) त्यसद्वारा हाम्रो उत्पादन र सेवाहरू र / वा चयन गरिएको तेस्रो पक्षका उत्पादनहरू र सेवाहरूको प्रस्ताव वा विज्ञापन दिन सक्छौं। तपाईं डिभाइस सेटिङअन्तर्गत तपाईंका प्राथमिकताहरूलाई परिवर्तन गरेर वा Xiaomi पुस प्रयोग गरेर तेस्रो पक्षको अनुप्रयोग/ वेबसाइट मार्फत आफ्नो प्राथमिकताहरूलाई प्रबन्धित गरी कुनै पनि समय हामी र तेस्रो पक्षबाट मार्केटिङ बन्द गर्न सक्नुहुन्छ। कृपया तल दिइएको "तपाईंको अधिकार" पनि हेर्नुहोस्।

• प्रयोगकर्ताको पहिचान प्रमाणिकरण गर्दै। Xiaomi ले प्रयोगकर्ता पहिचान प्रमाणित गर्न र अनधिकृत लग-इनबाट जोगिनका लागि ECV मान प्रयोग गर्छ।

• प्रयोगकर्ताको प्रतिक्रिया सङ्कलन गर्दै। तपाईंले उपलब्ध गराउनु भएको प्रतिक्रियाले हाम्रो सेवामा सुधार ल्याउनका लागि Xiaomi लाई महत्वपूर्ण मद्दत पुऱ्याउनेछ। तपाईंद्वारा प्रदान गर्नका लागि छनौट गरिएको प्रतिक्रियामाथि अनुवर्ती कार्यवाही गर्नका लागि Xiaomi ले तपाईंद्वारा प्रदान गरिएको व्यक्तिगत जानकारीको उपयोग गरेर यस समस्याको समाधान र सेवामा सुधारका लागि यस पत्राचारको रेकर्ड राख्न सक्छ।

• सूचनाहरू पठाउँदै। समय-समयमा, हामी महत्त्वपूर्ण सूचनाहरू पठाउनका लागि तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्न सक्छौँ, जस्तै हाम्रा वस्तुहरू खरिद सम्बन्धी नोटिट, हाम्रो सर्त र नियमहरूमा भएका परिवर्तन सम्बन्धी सूचनाहरू। किनकी यस प्रकारको जानकारी Xiaomi सँग तपाईंको कुराकानीका लागि महत्त्वपूर्ण छ, यसैले तपाईंं यस्तो जानकारी प्राप्त गर्न अस्वीकार गर्नुहोस् भन्ने सिफारिस गर्न सकिँदैन।

• प्रचार प्रसार गतिविधिहरू सञ्चालन गर्दै। यदि तपाईं Xiaomi को सोशल मिडिया प्लेटफर्मको माध्यमले स्वीपस्टेक, प्रतियोगिता वा समान प्रचारहरूमा प्रवेश गर्नुहुन्छ भने, हामी तपाईंलाई यी पुरस्कारहरू पठाउनका लागि तपाईंद्वारा प्रदान गरिएका तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्न सक्नेछौं।

• प्रयोगकर्तालाई उत्तम अनुभव प्रदान गर्नका लागि डिभाइसको विश्लेषण सन्चालन गर्दै। Xiaomi ले डिभाइसको अनुभवलाई अझ उत्तम बनाउनका लागि हार्डवेयर र सफ्टवेयर विश्लेषणलाई सन्चालन गर्नेछ।

हामी हाम्रा उत्पादन, सेवा, सामग्री, र विज्ञापनहरू प्रदान गर्न र सुधार गर्नका लागि यस जानकारी लाई अन्य जानकारी(विभिन्न सेवाहरू वा डिभाइसहरू जस्तै कम्प्युटरहरू, मोबाइल फोनहरू, स्मार्ट TV हरू र अन्य जडित डिभाइसहरूको जानकारीहरूसहित ) सँग संयोजन गर्न सक्नेछौं। उदाहरणका लागि, हामी तपाईंको तपाईंले प्रयोग गर्ने जुन सेवाहरूका लागि Mi खाता आवश्यक छ, हामी तपाईंको Mi खाताको विवरण ती सबै सेवाहरूमा उपयोग गर्न सक्छौं। यसका साथै, प्रासंगिक कानुन र नियमहरूको पालना गर्दै वा तपाईंको सहमतिको साथ तपाईंको अनुभवलाई अझ उत्तम बनाउन र हाम्रो सेवाहरू सुधार्नका लागि, सुझावहरू, अनुकूलित सामग्री र व्यक्तिगत सुविधाहरू प्रदान गरी तपाईंसँग सम्बन्धित एउटा स्तर बनाउन हामी विभिन्न उत्पादनहरू, सेवाहरू वा उपकरणबाट जानकारी वा तपाईंसँग सम्बन्धित जानकारी लिन सक्छौं। उदाहरणका लागि, तपाईंले Mi.com मा रूचि राखेका उत्पादन वा सेवाहरू सिफारिस गर्नका लागि ब्राउजरमा रहेको खोजी ईतिहासको उपयोग गर्नुहोस्। र उपरोक्त संयोजनका कारणहरू र लागू भएका कानुनका आवश्यकताहरूअनुसार हामी तपाईंलाई यस्ता संयोजनको लागि विशिष्ट नियन्त्रण संयन्त्र प्रदान गर्नेछौं। तपाईंलाई हामीसँग प्रत्यक्ष मार्केटिंग गर्ने र स्वतः रूपमा निर्णय लिने जस्ता विकल्प छनौट गर्ने अधिकार छ। यी अधिकारहरूको प्रयोग गर्नका लागि तपाईं हामीलाई यसमा privacy@xiaomi.com इमेल पठाउन सक्नुहुन्छ वा प्रत्येक उत्पादनका लागि अलग-अलग गोपनीयता नीतिमा वर्णित नियन्त्रण संयन्त्रबाट सन्दर्भ लिन सक्नु हुनेछ। कृपया तल दिइएको "तपाईंको अधिकारहरू" मा पनि हेर्नुहोस्।

2 कुकीहरू अन्य टेक्नोलजीहरू

Xiaomi र हाम्रो तेस्रो पक्ष सेवा प्रदायक र व्यापार साझेदारहरूद्वारा कुकी, ट्याग र लिपि जस्ता प्रविधिहरू प्रयोग गरिन्छ (थप जानकारीका लागि तल “हामी तपाईंको व्यक्तिगत जानकारीलाई कसरी साझा गर्छौं, स्थानान्तरित गर्छौं र सार्वजनिक रूपमा प्रकट गर्छौं“ मा हेर्नुहोस्)। यी प्रविधिहरूको प्रयोग प्रवृति विश्लेषण गर्न, साइट व्यवस्थापन गर्न, वेबसाइट वरिपरि प्रयोगकर्ताहरूको गतिविधिहरू ट्रयाक गर्न र सम्पूर्ण रूपमा हाम्रो प्रयोगकर्ताको आधारको बारेमा जनसांख्यिकीय जानकारी एकत्रित गर्न गरिन्छ। हामी कुनै व्यक्ति साथै समग्र आधारमा यी कम्पनीहरूद्वारा गरिएको यी प्रविधिहरूको उपयोगको आधारमा रिपोर्ट प्राप्त गर्न सक्छौं। यी प्रविधिहरूले हामीलाई प्रयोगकर्ताको गतिविधिलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्दछ, हाम्रा वेबसाइटहरूको कुन भाग मानिसहरूले हेरे भन्ने पनि बताउँछ, साथसाथै विज्ञापनहरू र वेब खोजहरूको प्रभावकारितालाई सुविधाजनक बनाउने उपाय निकाल्दछ। हामी इन्टरनेट प्रोटोकल (IP) ठेगाना वा समान पहिचानकर्ताको स्थानीय कानुनद्वारा दिइएको व्यक्तिगत जानकारीबाहेक कुकीहरू र अन्य प्रविधिहरूद्वारा एकत्रित गरिएका जानकारीलाई गैर-व्यक्तिगत जानकारीका रूपमा ठहर गर्दछौं।

•लग फाइलहरू: अधिकांश वेबसाइटहरू साँचो भएकाले, हामी केही जानकारी सङ्कलन गर्छौं र यसलाई लग फाइलहरूमा भण्डारण गर्छौं। यस जानकारीमा इन्टरनेट प्रोटोकल (IP) ठेगानाहरू, ब्राउजरका प्रकार, इन्टरनेट सेवा प्रदायक (ISP), सन्दर्भित/निकास पृष्ठहरू, अपरेटिङ सिस्टम, मिति/समय स्ट्याम्प, र/वा क्लिक स्ट्रीम डेटाहरू समावेश हुन सक्छन्। हामी यो स्वचालित रूपमा एकत्रित गरिएका डाटालाई तपाईंका बारेमा सङ्कलन गरिएका अन्य जानकारीसँग लिंक गर्दैनौं।

• विज्ञापन: हामी हाम्रो तेस्रो पक्ष सेवा प्रदायकहरू र व्यापार साझेदारहरू (थप जानकारीका लागि तल "हामी तपाईंको व्यक्तिगत जानकारीलाई कसरी साझा गर्छौं, स्थानान्तरित गर्छौं र सार्वजनिक रूपमा प्रकट गर्छौं" हेर्नुहोस्) सँग हाम्रो वेबसाइटमा विज्ञापनहरू प्रदर्शन गर्न वा अन्य साइटहरूमा हाम्रो विज्ञापन व्यवस्थापन गर्नका लागि साझेदार हौं। हाम्रो तेस्रो पक्ष सेवा प्रदायक र व्यावसायिक साझेदारले तपाईंको ब्राउजिङ गतिविधिहरू र चासोहरूमा आधारित विज्ञापन सेवा प्रदान गराउन यस साइट र अन्य साइटहरूमा तपाईंको गतिविधिहरू बारेमा जानकारी एकत्रित गर्नका लागि कुकी जस्ता प्रविधिहरू प्रयोग गर्न सक्दछन्। हामी पहिले नै तपाईंको स्पष्ट सहमति प्राप्त गर्नेछौं र तपाईंलाई यो विज्ञापन सेवा प्रदान गर्नु अघि एउटा स्पष्ट सकारात्मक कार्य समावेश गर्ने छौं। यदि तपाईं रुचिमा आधारित विज्ञापनहरूको सेवाको उद्देश्यले यो जानकारीको प्रयोग गर्न चाहनुहुन्न भने, तपाईंले यसमा http://preferences-mgr.truste.com क्लिक गरेर विकल्प छनौट गर्न सक्नु हुनेछ।

•मोबाइल एनालिटिक्स: हाम्रो केही मोबाइल अनुप्रयोगभित्र हाम्रो मोबाइल एनालिटिक्स सफ्टवेयर प्रयोग गर्छौं जसले हामीलाई तपाईंको मोबाइल सफ्टवेयरको कार्यक्षमतालाई राम्रो ढङ्गले बुझ्ने अनुमति दिन्छ। यो सफ्टवेयरबाट तपाईंले कतिपटक अनुप्रयोगहरू प्रयोग गर्नुहुन्छ, अनुप्रयोगभित्र हुने कार्यक्रमहरू, एकत्रित उपयोग, प्रदर्शन डेटा र क्र्यास कहाँ हुन्छ जस्ता जानकारी रेकर्ड गर्न सक्छ। हामी एनालिटिक्स सफ्टवेयरभित्र भण्डारण गरेको जानकारीलाई तपाईंले मोबाइल अनुप्रयोगमा पेश गर्नु भएको कुनै पनि व्यक्तिगत जानकारीसँग लिंक गर्दैनौं।

• स्थानीय भण्डारण - HTML5/फ्ल्यास: हामी सामग्री र प्राथमिकताहरू भण्डारण गर्न स्थानीय भण्डारण वस्तुहरू (LSOs) जस्ता HTML5 वा फ्ल्यासको प्रयोग गर्छौं। तेस्रो पक्षहरू जोसँग हामी हाम्रो साइटका केही सुविधाहरू प्रदान गर्न वा तपाईंको वेब ब्राउजिङ गतिविधिमा आधारित विज्ञापन प्रदर्शन गर्न साझेदार छौं, तिनीहरूले पनि जानकारी प्राप्त गर्न र भण्डारण गर्न HTML5 वा फ्ल्यास कुकीहरूको प्रयोग गर्छन्। HTML5 LSO हरू हटाउनका लागि विभिन्न ब्राउजरहरूले आफ्नै व्यवस्थापन उपकरणको प्रस्ताव गर्न सक्छन्। फ्लास कुकीहरू व्यवस्थापन गर्न यहाँ http://www.macromedia.com/support/documentation/en/flashplayer/help/settings_manager07.html क्लिक गर्नुहोस्।

3 हामी तपाईंको व्यक्तिगत जानकारीलाई कसरी साझा गर्छौं, स्थानान्तरित गर्छौं र सार्वजनिक रूपमा प्रकट गर्छौं

3.1 साझा गर्दै

हामी कुनै व्यक्तिगत जानकारी तेस्रो पक्षलाई बेच्दैनौं। हामी हाम्रो उत्पादनहरू वा सेवाहरू प्रदान गर्न वा सुधार्नका लागि तपाईंको आवश्यकताको आधारमा उत्पादनहरू वा सेवाहरू प्रदान गर्नका लागि हामी कहिलेकाहीँ तपाईंको व्यक्तिगत जानकारी तेस्रो पक्ष ( तल वर्णन गरिए जस्तै) सँग साझा गर्न सक्छौं। यदि तपाईं अब यो जानकारी साझा गर्न अनुमति दिन चाहनुहुन्न भने, कृपया हामीलाई यसमा privacy@xiaomi.com सम्पर्क गर्नुहोस्।

3.1.1 तपाईंले सक्रिय रूपले छनौट वा अनुरोध गरेको साझा गर्दै

तपाईंको स्पष्ट सहमतिका साथ वा तपाईंको अनुरोधमा हामी तपाईंको सहमति /अनुरोधको आधारमा तपाईंको व्यक्तिगत जानकारीलाई तपाईंद्वारा निर्दिष्ट गरिएका विशिष्ट तोस्रो पक्षहरुसँग साझा गर्नेछौं। उदाहरणका लागि, जब तपाईं तेस्रो पक्षको वेबसाइट वा एपमा साइन-इन गर्नका लागि Mi खाता प्रयोग गर्नुहुन्छ।

3.1.2 हाम्रो समूहसँग जानकारी साझा गर्दै

व्यावसायिक सन्चालन सफलतापूर्वक गर्न र हाम्रो उत्पादन वा सेवाका सम्पूर्ण प्रकार्यहरू प्रदान गर्न, हामी तपाईंको व्यक्तिगत जानकारी समय-समयमा अन्य Xiaomi सहभागीहरूमा साझा गर्न सक्छौं।

3.1.3 हाम्रो समूहको इकोसिस्टम कम्पनीहरूसँग साझा गर्दै

Xiaomiले कम्पनीहरूको ठुलो समूहसँग मिलेर काम गर्छ, जुन मिलेर एक प्रकारको Mi इकोसिस्टम बनिन्छ। Mi इकोसिस्टम कम्पनीहरू स्वतन्त्र संस्थाहरू हुन, यसमा Xiaomi ले निवेश गरेको छ र यसको परिचालन पनि गर्छ र यी कम्पनीहरू आफ्नो क्षेत्रमा विशेषज्ञ छन्। Xiaomi ले Mi इकोसिस्टम कम्पनीहरूद्वारा तपाईंलाई रोमान्चक उत्पादन र सेवाहरू (हार्डवेयर र सफ्वेयर दुवै) प्रदान गराउन र त्यसमा सुधार ल्याउनका लागि Mi इकोसिस्टम कम्पनीहरूसँग तपाईंको व्यक्तिगत जानकारीको खुलासा गर्न सक्छ। यीमध्ये केहि उत्पादन वा सेवाहरू अहिले पनि Xiaomi ब्राण्डअन्तर्गत हुनेछन्, जबकि अन्यले आफ्नै ब्रान्ड प्रयोग गर्न सक्नेछन्। हार्डवेयर र सफ्टवेयर सेवाहरू प्रदान गर्न सकियोस् र उत्तम कार्य र प्रयोगकर्ता अनुभव प्रदान गर्न सकियोस् भनेर Mi इकोसिस्टम कम्पनीहरूले Xiaomi-सँग Xiaomi ब्राण्डअन्तर्गत उत्पादन वा सेवाहरू सम्बन्धित जानकारी समय-समयमा साझा गर्न सक्छन्। Xiaomi ले तपाईंको व्यक्तिगत सूचना प्रसंस्करणको सुरक्षा सुनिश्चित गर्नका लागि उपयुक्त संगठनात्मक र प्राविधिक उपायहरू गर्ने छ, जसमा तपाईंको व्यक्तिगत जानकारीको इन्क्रिप्सन समावेश छ तर यसमा सीमित छैन।

3.1.4 तेस्रो पक्ष सेवा प्रदायक र व्यावसायिक साझेदारहरूसँग साझा गर्दै

यो गोपनीयता नीतिमा वर्णन गरिएका उत्पादन र सेवाहरू तपाईंलाई प्रदान गर्नमा हाम्रो मद्दत गर्नका लागि हामी जहाँ आवश्यक पर्दछ, त्यहाँ तपाईंको व्यक्तिगत जानकारी हाम्रो तेस्रो पक्ष सेवा प्रदायक र व्यावसायिक साझेदारहरूसँग साझा गर्न सक्छौँ।

यसमा हाम्रो वितरण सेवा प्रदायकहरू, डाटा केन्द्रहरू, डाटा भण्डारण सुविधाहरू, ग्राहक सेवा प्रदायकहरू, विज्ञापन र मार्केटिङ सेवा प्रदायकहरू र अन्य व्यावसायिक साझेदारहरू समावेश छन्। यी तेस्रो पक्षले Xiaomi- को तर्फबाट वा यो गोपनीयता नीतिको माध्यमबाट प्राप्त तपाईंको व्यक्तिगत जानकारीलाई एक वा बढी उद्देश्यका लागि प्रशोधन गर्न सक्छन्। हामी तपाईंलाई सेवाहरू प्रदान गर्नका लागि तपाईंको आवश्यक व्यक्तिगत जानकारीको साझेदारी केवल वैध, कानुनी, आवश्यक, विशिष्ट र स्पष्ट उद्देश्यका लागि मात्र गर्छौं भन्ने ग्यारेन्टी गर्छौं। Xiaomi ले निरिक्षण सन्चालन गर्नेछ र तेस्रो पक्ष सेवा प्रदायकले तपाईंको अधिकार क्षेत्रमा लागू भएका गोपनीयता कानुनहरूको पालना गर्दैछ भन्ने सुनिश्चित गर्न कटिबद्ध हुनेछ। त्यहाँ तेस्रो-पक्ष सेवा प्रदायकहरूसँग तिनीहरूको आफ्नो सब-प्रोसेसरहरू पनि हुनसक्छन्।

प्रदर्शनको माप, विश्लेषण र अन्य व्यापारिक सेवाहरू प्रदान गर्न हामी तेस्रो पक्षहरू ( जस्तै हाम्रो वेबसाइटहरूमा विज्ञापनदाताहरू) सँग समग्र रूपमा जानकारी (गैर-व्यक्तिगत जानकारी) पनि साझा गर्न सक्छौं। हामी विज्ञापनदाता र अन्य व्यावसायिक साझेदारहरूलाई उनीहरूको विज्ञापन र सेवाहरूको प्रभावकारिता र कभरेजको मूल्याङ्कन गर्न, मद्दत गर्न र तिनीहरूका सेवाहरू प्रयोग गरिरहेका व्यक्तिहरूको प्रकार बुझ्न र तिनीहरूका वेबसाइट, अनुप्रयोग र सेवासँग कसरी मानिसहरूले अन्तर्क्रिया गरिरहेका छन् भन्ने जान्नका लागि हामीसँग भएका जानकारी उपयोग गर्दछौं। हामी हाम्रा सेवाहरूको सामान्य उपयोग प्रवृतिहरू पनि उनीहरूसँग साझा गर्न सक्छौं, जस्तै कुनै विशेष समूहका ग्राहकहरू जो निश्चित उत्पादन खरिद गर्छन् वा केही लेनदेनमा संलग्न हुन्छन्।

3.1.5 अन्य

कानुनी आवश्यकता, कानुनी प्रक्रिया र मुद्दा र / वा सार्वजनिक एजेन्सीहरू र सरकारी एजेन्सीहरूको अनुरोधअनुसार Xiaomi लाई तपाईंको व्यक्तिगत जानकारीको खुलासा गर्ने आवश्यकता पर्न सक्छ। यदि राष्ट्रिय सुरक्षा, कानुन प्रवर्तन वा सार्वजनिक महत्त्वको अन्य विषयका लागि खुलासा गर्न आवश्यक वा उचित छ भने हामी तपाईंसँग सम्बन्धित जानकारी खुलासा पनि गर्न सक्छौं।

निम्न उद्देश्यका लागि (ठगी पत्ता लगाउन, त्यसलाई रोकथाम गर्न र समाधान निकाल्न, उत्पादनको अनधिकृत प्रयोग, हाम्रो सर्त वा नीतिहरू वा अन्य हानिकारक वा गैरकानूनी गतिविधिहरूको उल्लङ्घन) उचित रूपमा आवश्यक छ भने हाम्रो नियमहरू लागू गर्न वा हाम्रो व्यवसाय, अधिकार, सम्पत्ति वा उत्पादनहरूको रक्षा गर्नका लागि वा प्रयोगकर्ताहरूको सुरक्षा गर्न हामी तपाईंको जानकारीको खुलासा पनि गर्न सक्छौं। (Xiaomi ले तपाईंको व्यक्तिगत जानकारीलाई तपाईंको सहमति बिनानै एकत्रित गर्न सक्ने, उपयोग र प्रकट गर्न सक्ने अवस्था पनि उत्पन्न हुनसक्छ, यदि यसो भए यो केवल एक हदसम्म मात्र हुन्छ, यो लागू डेटा संरक्षण कानुनले सहमति दिएको खण्डमा मात्र लागू हुनेछ।) ठगी, उल्लङ्घन र अन्य हानीकारक गतिविधिहरूलाई रोक्नका लागि तपाईंको खाताको विश्वसनीयताको विषयमा तेस्रो पक्ष साझेदारहरूसँग कुराकानी गर्दै यसले सार्वजनिक वा सरकारी एजेन्सीहरूलाई तपाईंको व्यक्तिगत जानकारी प्रदान गर्न सक्छ।

यसका साथै, हामी तपाईंको व्यक्तिगत जानकारीलाई साझा गर्न सक्छौं:

• हाम्रा लेखापाल, लेखा परीक्षक, वकील वा समान सल्लाहकारहरू, जब हामी उनीहरूलाई व्यावसायिक सल्लाह प्रदान गर्न आग्रह गर्छौं; र

Xiaomi समूहमा एक एकाईसँग सम्बन्धित वास्तविक वा सम्भावित बिक्री वा अन्य कर्पोरेट लेनदेनको स्थितिमा लगानीकर्ता र अन्य सान्दर्भिक तेस्रो पक्ष; तथा

• कुनै अन्य तेस्रो पक्षहरू, यदि तपाईं कुनै विशिष्ट प्रकटीकरण सम्बन्धमा यस्तो गर्नका लागि अधिकृत हुनुहुन्छ भने।

3.2 स्थानान्तरण

Xiaomi ले निम्नलिखित अवस्थाबाहेक तपाईंको जानकारीलाई कुनै पनि विषयमा स्थानान्तरण गर्ने छैन:

• कहाँ हामीले तपाईंको स्पष्ट सहमति प्राप्त गर्छौं;

• यदि Xiaomi आफ्ना सबै सम्पत्तिहरूको विलय,अधिग्रहण वा बिक्रीमा संलग्न छ भने हामी तपाईंलाई स्वामित्व, प्रयोग र तपाईंको व्यक्तिगत जानकारीको कुनै पनि विकल्पको बारेमा सम्भवतः तपाईंको ईमेल र / वा हाम्रो वेबसाइटहरूमा एक प्रमुख सूचना पोस्ट गरेर सूचित गर्नेछौं।

3.3 सार्वजनिक प्रकटीकरण

विजेताको मोबाइल फोन नम्बर वा Mi खाता आइडी वा प्रयोगकर्ताको नाम जारी गर्न साथै विजेता सूचीलाई डीई-पहिचानयोग्य रूपमा प्रकाशित गर्न Xiaomi ले निम्न परिस्थितिमा मात्र तपाईंको व्यक्तिगत जानकारी प्रकट गर्नेछ:

• कहाँ हामीले तपाईंको हमें स्पष्ट सहमति प्राप्त गर्छौं;

• कानुनी वा उचित आधारमा सार्वजनिक प्रकटीकरण: कानुन र नियमहरू, कानुनी प्रक्रियाहरू मुद्दा वा सक्षम सरकारी विभागहरूको अनुरोधमा समेत।

4 हामी तपाईंको व्यक्तिगत जानकारी कसरी संग्रहित र संरक्षित गर्दछौँ

4.1 Xiaomi को सुरक्षा सेफगार्ड

हामी तपाईंको व्यक्तिगत जानकारी सुरक्षित राख्नका लागि प्रतिबद्ध छौं। अनधिकृत पहुँच, प्रकटीकरण वा यस्तै प्रकारका अन्य जोखिमहरूलाई रोक्नका लागि हामीले तपाईंको मोबाइल यन्त्र र Xiaomi वेबसाइटहरूमा एकत्रित जानकारीलाई सुरक्षित सुरक्षा गर्नका लागि कानुनी रूपले आवश्यक सबै भौतिक, इलेक्ट्रोनिक र प्रबन्धकीय प्रक्रियाहरू राखेका छौं। हामी तपाईंको व्यक्तिगत जानकारीलाई लागू भएको कानुनअनुसार सुरक्षित राख्ने कुरा सुनिश्चित गर्नेछौंं। उदाहरणका लागि, तपाईंले आफ्नो Mi खातामा पहुँच प्राप्त गर्नुहुन्छ उत्तम सुरक्षाका लागि तपाईं हाम्रो दुई चरणका प्रमाणिकरण प्रक्रिया प्रयोगका लागि छनौट गर्न सक्नुहुन्छ। तपाईं आफ्नो Xiaomi डिभाइसबाट डाटा पठाउनुहुन्छ वा प्राप्त गर्नुहुन्छ भने, हामी यो सुरक्षित सकेटट लेयर ("SSL") र अन्य एल्गोरिदमहरू प्रयोग गरेर इन्क्रिप्ट गरिएको निश्चित गर्छौं।

तपाईंका सबै व्यक्तिगत जानकारी सुरक्षित सर्भरहरूमा संग्रहीत गरिएको छ र नियन्त्रित सुविधाहरूमा संरक्षित राखिएको छ। हामी तपाईंको जानकारीलाई महत्त्वपूर्ण र संवेदनशीलताको आधारमा वर्गीकृत गर्दछौं र तपाईंको व्यक्तिगत जानकारीमा सुरक्षाको आवश्यक स्तरता कायम होस् भन्ने पनि सुनिश्चित गर्दछौं। हामीसँग क्लाउड-आधारित डेटा संग्रहका लागि विशेष पहुँच नियन्त्रणहरू छन् र हामी कुनै पनि अनधिकृत पहुँच र प्रयोगविरुद्ध सुरक्षा गर्नका लागि भौतिक सुरक्षाका उपयाहरूसहित हाम्रो सूचना संग्रह, भण्डारण र प्रशोधन अभ्यासहरूको नियमित रूपमा समीक्षा गर्न सक्छौं।

व्यावसायिक साझेदार र तेस्रो पक्ष सेवा प्रदायकहरू तपाईंको व्यक्तिगत जानकारीको सुरक्षा गर्न सक्षम छन् भन्ने सुनिश्चित गर्नका लागि हामी उचित परिश्रम गर्छौं। हामी यी तेस्रो पक्षहरूले उपयुक्त अनुबन्धीय प्रतिबन्धहरू राखेर र आवश्यक परेमा लेखा परीक्षक र आकँलन गर्नका लागि बनाएको उपयुक्त सुरक्षा मानकहरूको जाँच गर्छौं। यसका अतिरिक्त हाम्रा कर्मचारी र हाम्रा ती व्यावसायिक साझेदार र तेस्रो पक्षका सेवा प्रदायकहरू जसले तपाईंको व्यक्तिगत जानकारीको पहुँच प्राप्त गर्छन् ती गोपनीयताका लागि लागू हुनै अनुबन्धीय दायित्वको अधीनमा छन्।

हामी हाम्रा कर्मचारीहरूको व्यक्तिगत जानकारीको सुरक्षाको महत्त्वका बारेमा जागरूकता बढाउनका लागि सुरक्षा र गोपनीयता संरक्षण प्रशिक्षण कोर्सहरू र परीक्षणहरूको सन्चालन गर्दछौं। हामी तपाईंको व्यक्तिगत जानकारीको सुरक्षाका लागि सबै व्यवहारिक र कानुनी रूपले आवश्यक कदमहरू उठाउने छौं। यद्यपि, इन्टरनेटको प्रयोग पूर्ण रूपमा सुरक्षित छैन भन्नेबारे तपाईं सचेत हुन आवश्यक छ र यसै कारणले हामी तपाईंले पठाउनुभएको वा इन्टरनेटमार्फत तपाईंलाई पठाइएको कुनै पनि व्यक्तिगत जानकारीको सुरक्षा वा पूर्णताको ग्यारेन्टी दिन सक्दैनौं।

हामी लागू भएका डाटा संरक्षण कानूनद्वारा आवश्यक व्यक्तिगत डाटाको उल्लङ्घनहरूलाई सम्हाल्छौं, यसले सम्बन्धित डेटा सुरक्षा पर्यवेक्षण प्राधिकरण र डेटा विषयहरूको उल्लंघनबारे सूचित गर्दै जहाँ आवश्यक हुन्छ त्यहाँ समावेश गर्दछ।

4.2 तपाईं के गर्न सक्नुहुन्छ

अन्य वेबसाईटहरूको पासवर्ड लीक भएकोको सम्बन्धमा तपाईं आफ्नो लग-इन पासवर्ड वा अन्य कुनै पनि खाताको जानकारी( ती व्यक्ति जसलाई तपाईंद्वारा विधिवत अधिकार दिइएको छैन) प्रकट नगरी तपाईं Xiaomi का लागि एउटा अनौठो पासवर्ड सेट गर्न सक्नु हुनेछ। यदि म्भव भएमा कृपया कसैलाई पनि प्राप्त गरेको प्रमाणिकरण कोड खुलासा नगर्नुहोस् (Xiaomi ग्राहक सेवा प्रदान गर्ने व्यक्ति हो भनेर दाबी गर्नेलाई पनि सामेल गर्नुहोस्)। कसैको कम्प्यूटर वा सार्वजनिक इन्टरनेट टर्मिनलहरूमा तथा Xiaomi वेबसाइटहरूमा Mi खाताको प्रयोगकर्ताको रूपमा तपाईं लग इन गर्नुहुन्छ भने तपाईंले पनि सधैँ आफ्नो सत्रको अन्त्यमा लग आउट गर्नुपर्नेछ।

तपाईंको व्यक्तिगत जानकारीलाई निजी रूपमा राख्ने क्रममा तपाईंको असफलताको परिणामस्वरूप तेस्रो पक्षको पहुँचले गर्दा सुरक्षामा भएको कमीका लागि Xiaomi लाई जिम्मेवार ठहराउन सकिँदैन। पूर्वगामी भएपनि, यदि अन्य इन्टरनेट प्रयोगकर्ता वा सुरक्षाको कुनै अन्य उल्लङ्घनद्वारा तपाईंको खाताको अनधिकृत प्रयोग भयो भने तपाईंले हामीलाई तुरुन्तै सूचित गर्नुपर्छ। तपाईंको सहयोगले हामीलाई तपाईंको व्यक्तिगत जानकारीको गोपनीयताको सुरक्षा गर्नमा मद्दत गर्नेछ।

4.3 तपाईंको डिभाइसमा अन्य सुविधाहरूमाथि पहुँच प्राप्त गर्दै

हाम्रा अनुप्रयोगहरूले तपाईंको डिभाइसमा केहि सुविधाहरू पहुँच प्राप्त गर्न सक्दछन् जस्तै सम्पर्कहरू, SMS भण्डारण र Wi-Fi नेटवर्कको स्थिति, इत्यादि प्रयोग गर्नका लगि ईमेललाई सक्षम पार्नु। यो जानकारीले एप्लिकेसनहरूलाई तपाईंको डिभाइस चलाउन अनुमति दिन्छ र एप्लिकेसनहरूसँग अन्तरक्रिया गर्ने अनुमति दिन्छ। कुनै पनि समय तपाईं डिभाइस स्तरमा यसलाई बन्द गरेर हामीलाई यसमा privacy@xiaomi.com सम्पर्क गरी आफ्ना अनुमतिहरूलाई रद्द गर्न सक्नुहुन्छ।

4.4 प्रतिधारण नीति

हामी यो गोपनीयता नीतिमा वा कुनै विशेष उत्पादन वा सेवा, वा लागू हुने कानूनमा वर्णन गरेअनुसार जानकारी सङ्कलन गर्न आवश्यक पर्ने समयसीमासम्म व्यक्तिगत जानकारी कायम राख्ने छौं। अवधारणका विस्तृत अवधिहरू विशेष सेवा वा सम्बन्धित उत्पादनसम्बन्धित पृष्ठमा निर्दिष्ट गरिएको छ। हामी संकलनको उद्देश्य पूरा भएपछि, वा तपाईंको जानकारी मेटाउनका लागि तपाईंको अनुरोध पुष्टि गरेपछि, वा हामीले सम्बन्धित उत्पादन वा सेवाको कार्य समाप्त गरेपछि तपाईंको व्यक्तिगत जानकारी कायम राख्ने वा मेटाउने वा अज्ञात राख्ने कार्य रोक्ने छौं। यसमा हामीले सार्वजनिक चासो, वैज्ञानिक, ऐतिहासिक अनुसन्धान वा सांख्यिकीय उद्देश्यहरूका लागि प्रक्रिया गर्दै गरेको व्यक्तिगत जानकारी भने पर्दैन। Xiaomi ले लागू कानून वा तपाईंको अनुरोधको आधारमा अनुमति लिएको र थप डाटा प्रक्रिया संकलनको मूल उद्देश्यसँग सम्बन्धित नभए तापनि यस प्रकारको जानकारी यसको मानक अवधि भन्दा लामो समयसम्म राख्न जारी राख्ने छ।

5 तपाईंका अधिकारहरू

तपाईंका व्यक्तिगत जानकारीको नियन्त्रण गर्न

5.1 सेटिङ नियन्त्रण

Xiaomi लाई थाह छ कि गोपनीयताको चासो व्यक्ति व्यक्तिमा फरक हुन्छ। यसकारण, हामी तपाईंको व्यक्तिगत जानकारी सङ्ग्रह, उपयोग, प्रकटीकरण वा प्रशोधन गर्ने र तपाईंको गोपनीयता सेटिङलाई नियंत्रित गर्नका लागि Xiaomi ले तपाईंका लागि उपलब्ध गराएका यस्ता तरिकाहरूका बारेमा बताउँछौं।

• प्रयोगकर्ता अनुभव कार्यक्रम र स्थान पहुँच प्रकार्यहरूका लागि टगल अन/अफ गर्नुहोस्;

• Mi खातामा लग इन वा लग आउट गर्नुहोस्;

• Xiaomi क्लाउड सिंक कार्यहरूको लागि टगल अन/अफ गर्नुहोस्; र

• Xiaomi क्लाउडमा भण्डारण गरिएको कुनै पनि जानकारी i.mi.com मार्फत् मेटाउनुहोस्;

•संवेदनशील वा व्यक्तिगत जानकारी लिएर काम गर्ने संवेदनशील अन्य सेवाहरू र कार्यक्षमताहरूका लागि टगल अन / अफ गर्नुहोस्। तपाईले MIUI सुरक्षा एपमा पनि आफ्नो डिभाइसको सुरक्षा स्थितिको सम्बन्धमा थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ।

यदि तपाईं पहिले नै उल्लेख गरिएको उद्देश्यका लागि तपाईंको व्यक्तिगत जानकारी प्रयोग गरी हामीसँग सहमत हुनुभएको छ भने, तपाईंले कुनै पनि समय लिखित वा privacy@xiaomi.com मा ईमेल गरेर तपाईंको मन परिवर्तन गर्न सक्नु हुने छ।

5.2 तपाईंको व्यक्तिगत जानकारीमा तपाईंका अधिकारहरू

लागू भएका कानून र नियममा भर पर्दै तपाईंसँग आफ्नो बारेमा हामीले संचय गरेर राखेका कुनै अन्य जानकारी (यस पछि अनुरोधको रूपमा मानिने) मा पहुँच राख्ने, सुधार गर्ने र मेटाउने अधिकार छ।

तपाईं http://account.mi.com मा वा तपाईंको डिभाइसबाट आफ्नो Mi खातामा लगईन गरेर व्यक्तिगत जानकारीसँग सम्बन्धित विवरणहरूमा पहुँच र अपडेट गर्न सक्नुहुनेछ। थप जानकारीका लागि कृपया हामीलाई लेख्नुहोस् वा तलको ईमेल ठेगानामा हामीसँग सम्पर्क गर्नुहोस्। इमेल: privacy@xiaomi.com

यो गोपनीयता नीतिमा तपाईंको अनुरोधले लागू भएका कानून र नियम तथा निम्न सर्तहरूमा सन्तुष्ट हुनु पर्दछ:

(1) Xiaomi लाईअनुरोधको पहुँच र तपाईंको जानकारी सुरक्षित राख्नका लागि एकमात्र पहुँचबाट, तपाईंको अनुरोध (स्थानीय कानूनले स्पष्ट रूपमा मौखिक अनुरोधको मान्यता नदिएसम्म) लिखित रूपमा हुनु पर्छ;

(2) Xiaomi लाई तपाईंको पहिचान प्रमाणित गर्न लागि सक्षम गर्न पर्याप्त जानकारी प्रदान गर्नुहोस् र आवेदक कर्ता हो वा अनुरोध गरिएको जानकारीको कानूनी रूपमा अधिकृत व्यक्ति हो भनी निवेदन गर्नुहोस्।

हामीले एकपटक तपाईंको जानकारी प्रशोधन गर्न सकिन्छ भनेर निश्चित गर्न पर्याप्त जानकारी प्राप्त गरेपछि हामी तपाईंको अनुरोध गरिएको डेटाका लागि सुरक्षा कानुनहरू अन्तर्गत सेट गरिएका कुनै पनि समय सीमाभित्र तपाईंको अनुरोधको जवाफ दिने प्रक्रिया गर्ने छौँ।

विस्तृत रूपमा:

• तपाईंलाई आफ्नो व्यक्तिगत जानकारी र तपाईंका अधिकारहरू हामी कसरी प्रयोग गर्छौं भन्नेबारे स्पष्ट, पारदर्शी र सजिलो बुझ्ने जानकारी प्राप्त गर्ने अधिकार छ। यसैले हामी तपाईंलाई यो गोपनीयता नीतिमा जानकारी प्रदान गर्दैछौं।

• लागू हुने कानूनको आवश्यकताको आधारमा हामीले संकलन र प्रशोधन गरेको तपाईंको व्यक्तिगत डाटाको प्रतिलिपि तपाईंको अनुरोधमा नि: शुल्क प्रदान गरिनेछ। सान्दर्भिक जानकारीको कुनै पनि अतिरिक्त अनुरोधका लागि हामी लागू भएको कानुनअनुसार प्रशासनिक लागतमा आधारित उचित शुल्क लिन सक्छौं।

• हामीले तपाईंबारे लिएर राखेका कुनै पनि जानकारी गलत वा अपूर्ण भएमा, तपाईं आफ्नो व्यक्तिगत जानकारीको उपयोग गर्नका लागि यसलाई सही गर्न वा पूरा गर्न हकदार हुनुहुन्छ।

• लागू हुने कानूनको आवश्यकताअनुसार हामीसँग यसलाई प्रयोग गरिरहने कुनै बाध्यकारी कारण नभएको खण्डमा तपाईंसँग आफ्नो व्यक्तिगत जानकारी मेटाउन वा हटाउन अनुरोध गर्ने अधिकार छ। हामी तपाईंको डेटा विलोपनका लागि गर्नुभएको अनुरोध बारेमा यस आधारमा विचार गर्नेछौँ र तकनीकी उपायहरू सहित उचित कदम उठाउनेछौँ। अधिकार समर्थन गर्न सकिने भएमा हामी तुरून्त लागू भएका कानुनी र सुरक्षा प्रविधिहरूको कारण ब्याकअप सिस्टमबाट जानकारी हटाउन सक्षम हुने छैनौ। यस्तो स्थिति भएमा हामी तपाईंको व्यक्तिगत जानकारी सुरक्षित रूपमा भण्डारण गर्नेछौं र ब्याकअप खाली नभएसम्म वा अज्ञात नहुन्जेल यसलाई सबै प्रक्रियाहरूबाट अलग राख्ने छौं।

• तपाईंसँग प्रत्यक्ष मार्केटिङका लागि प्रशोधन गर्ने (प्रोफाईलिङ प्रयोग गरिएको सहित) र केही परिस्थितिहरूमा गरिने प्रक्रियाका लागि कानुनी आधार (प्रोफाइल सहित) हाम्रा वैधानिक रुचिहरूको विरोध गर्ने अधिकार छ।

विशेष गरी केही अधिकार क्षेत्रको कानुन अन्तरगत:

• तपाईंसँग आफ्नो व्यक्तिगत जानकारी प्रशोधनसम्बन्धी प्रतिबन्ध प्राप्त गर्ने अधिकार छ। हामी तपाईंको प्रतिबन्ध लगाउने अनुरोध माथि विचार गर्नेछौं। यदि आधार GDPR मा लागू हुन्छ भने, हामी तपाईंको व्यक्तिगत जानकारी GDPR मा लागू परिस्थितिहरूमा मात्र प्रक्रिया गर्नेछौं र तपाईंलाई प्रशोधनमा रोक लगाउनु अघि सूचित गर्ने छौं।

• तपाईंलाई पूर्ण रूपमा स्वचालित प्रोसेसिङमाथि आधारित निर्णयको अधीन नरहने अधिकार छ, जसमा प्रोफ़ाइलिङ पनि समावेश छ, जसले तपाईंको सम्बन्धमा कानूनी रूपमा प्रभावित गर्छ वा यस प्रकार तपाईंलाई महत्वपूर्ण रूपमा प्रभावित पार्छ।

• तपाईसँग तपाईंको संरचित, सामान्य रूपमा प्रयोग गरिएको ढाँचामा व्यक्तिगत जानकारीका लागि आवेदन गर्ने र अन्य डाटा नियन्त्रकलाई जानकारी प्रसारण गर्ने अधिकार छ।

हामीसँग सार्थक / अल्झेका, अन्य कसैको गोपनीयतामा हानी पुऱ्याउने, साह्रै नै यथार्थ नभएका, अनुपातमा नभएका प्राविधिक कार्यहरूको आवश्यकता पर्ने र स्थानीय कानुनअन्तर्गत नपर्ने, सार्वजनिक गरिएका र गोपनीय अवस्थाहरूमा दिइएका जानकारीको प्रक्रिया गर्नका लागि गरिएको अनुरोध अस्वीकार गर्ने अधिकार छ। यदि हामी जानकारी मेट्न वा पहुँच प्राप्त गर्नका लागि गरेका अनुरोधका केही पक्षहरूलाई कानूनी रूपमा ठगी र सुरक्षा उद्देश्यका लागि कानूनी प्रयोगमा असक्षम हुन सक्छौं भनी देखाउँछौं भने यो अस्वीकृत पनि हुन सक्छ।

5.3 सहमति फिर्ता लिने

तपाईंले हामीलाई हाम्रो स्वामित्व वा नियन्त्रणमा रहेको तपाईंको व्यक्तिगत जानकारी सङ्कलन, प्रयोग, र / वा खुलासासहित, अनुरोध पेश गरेर एक विशेष उद्देश्यको लागि पहिले हामीलाई प्रदान गर्नुभएको सहमति फिर्ता लिन सक्नुहुन्छ। तपाईंले प्रयोग गरिरहनुभएको विशिष्ट सेवाको आधारमा तपाईं Mi खाता व्यवस्थापन केन्द्रमा http://account.xiaomi.com/pass/del खोलेर हेर्न सक्नु हुनेछ वा privacy@xiaomi.com मा ईमेल पठाउन सक्नु हुनेछ। हामी अनुरोध पेश गरेपश्चात उचित समयभित्र तपाईंको अनुरोध प्रशोधन गर्नेछौँ र त्यसपछि तपाईंको अनुरोधअनुसार तपाईंको व्यक्तिगत जानकारी एकत्रित, उपयोग र/वा प्रकट गर्ने छैनौ।

तपाईंको सहमति फिर्ता लिने सीमालाई विचार गरेर कृपया तपाईं Xiaomi का उत्पादन र सेवाहरूको पूर्ण लाभ प्राप्त गरी जारी राख्न सक्नुहुन्न भन्ने कुरा ध्यानमा राख्नुहोस्। तपाईंको सहमति वा प्राधिकरण फिर्ता लिने सहमतिको आधारमा फिर्ता गरिने समयसम्म हाम्रो प्रक्रियाको वैधताले असर गर्दैन।

5.4 कुनै सेवा वा खाता रद्द गर्ने

तपाईंले एक विशेष उत्पादन वा सेवा रद्द गर्न चाहेमा तपाईं privacy@xiaomi.com मा लगआउट सेवाका लागि ईमेल पठाउन सक्नु हुनेछ।

तपाईंले Mi खाता रद्द गर्न चाहेमा कृपया रद्दताले तपाईंलाई Xiaomi उत्पादन र सेवाहरूको पूर्ण दायरा प्रयोग गर्नबाट रोक्छ। कुनै विशेष परिस्थितिहरूमा रद्द गर्ने वा रोक्ने कार्य केही परिस्थितिमा ढिलाइ हुन सक्छ। उदाहरणका लागि, तपाईंको खातामा अझै Mi संगीतको भुक्तान गरिएको सदस्य सेवा, थिम स्टोरमा भुक्तान गरिएको विषयवस्तु, वा तपाईंको Mi फाइनान्समा भुक्तान गरिएको लोन इत्यादि जस्ता पैसा बाँकी रहेको भएमा हामी तुरून्त तपाईंको अनुरोधलाई समर्थन गर्न सक्दैनौ।

तपाईंले तेस्रो-पक्ष खाता मार्फत Xiaomi मा लग इन गर्नुभएमा तपाईंलाई तेस्रो पक्षबाट खाता रद्द गर्नका लागि आवेदनको आवश्यक पर्दछ।

6 तपाईंको व्यक्तिगत जानकारी विश्वव्यापी रूपमा कसरी स्थानान्तरण गरिन्छ।

Xiaomi ले ग्लोबल अपरेटिङ र पूर्वाधार नियन्त्रणको माध्यमबाट ब्यक्तिगत जानकारीको ब्याकअप गर्छ। हाल Xiaomi का डेटा केन्द्रहरू चीन, भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, रसिया र सिङ्गापुरमा छन्। गोपनीयता नीतिमा वर्णन गरिएका उद्देश्यहरूका लागि तपाईंको जानकारी यी डाटा केन्द्रहरूमा लागू हुने कानूनको आधारमा हस्तान्तरण गर्न सकिन्छ।

हामी तपाईंको व्यक्तिगत जानकारी तेस्रो-पक्ष सेवा प्रदायक र व्यापार साझेदारहरूलाई हस्तान्तरण पनि गर्न सक्छौं र तपाईंको डेटा यसरी अन्य देश वा क्षेत्रहरूमा पनि प्रसारण गर्न सकिन्छ। यी ग्लोबल सुविधाहरूका अवस्थित क्षेत्राधिकारले तपाईंको जानकारी क्षेत्र जस्ता मापदण्डहरूमा व्यक्तिगत जानकारीको सुरक्षा गर्न वा नगर्न सक्छ। हामीले विदेशी सुविधाहरूमा तपाईंको व्यक्तिगत जानकारी सार्न र भण्डारण गर्न सक्ने विभिन्न डेटा संरक्षण कानून अन्तर्गत विभिन्न जोखिमहरू हुन्छन्। यद्यपि, यसले गोपनीयता नीतिको पालना गर्न र तपाईंको व्यक्तिगत जानकारी सुरक्षित गर्न हाम्रो प्रतिबद्धतामा परिवर्तन गर्दैन।

विशेषत,

• हामीले मुख्य भूमि चीनको क्षेत्रभित्र सञ्चालन गर्ने संकलन र उत्पन्न गर्ने व्यक्तिगत जानकारी मुख्य कानूनअनुसार सीमा पार गराउने प्रसारण बाहेक लागू भएका कानूनद्वारा अनुमति दिइएका अवस्थित डाटा केन्द्रहरूमा भण्डारण गरिन्छ।

• हामीले रूसभित्र सञ्चालन गरेका संकलन र उत्पन्न गर्ने व्यक्तिगत जानकारी मुख्य कानूनअनुसार सीमा पार गराउने प्रसारण बाहेक लागू कानूनद्वारा अनुमति दिइएका रुसमाअवस्थित डेटा केन्द्रहरूमा भण्डारण गरिन्छ।

• हामीले भारतभित्र सञ्चालन ,संकलन र उत्पन्न गर्ने व्यक्तिगत जानकारी भारतमा अवस्थित डाटा केन्द्रहरूमा भण्डारण गरिन्छ।

हामीलाई तपाईंको अधिकार क्षेत्र बाहिर हाम्रा सम्बद्ध वा तेस्रो-पक्ष सेवा प्रदायक जसलाई भए पनि व्यक्तिगत जानकारी हस्तान्तरण गर्न आवश्यक परेमा हामी सम्बन्धित लागू कानूनको पालना गर्ने छौं। हामी त्यस्ता सबै स्थानान्तरणहरूमा एकसमान सुरक्षा लागू गरेर लागू हुने स्थानीय डेटा सुरक्षा कानूनहरूका आवश्यकताहरू पूरा गर्दछन् भन्ने सुनिश्चित गर्दछौं। तपाईंले हामीसँग रहेको सुरक्षाबारे पत्ता लगाउन privacy@xiaomi.com मा हामीलाई सम्पर्क गर्न सक्नु हुने छ।

तपाईं यूरोपेली आर्थिक क्षेत्र (EEA) मा हाम्रा उत्पादन र सेवाहरू प्रयोग गर्नुहुन्छ भने, Xiaomi Technology Netherlands B.V. ले डाटा नियन्त्रकको रूपमा कार्य गर्दछ र Xiaomi Singapore Pte Ltd ले डाटा प्रोसेसिङका लागि जिम्मेवार हुनेछ। सम्पर्क विवरणहरू "हामीलाई सम्पर्क गर्नुहोस्" खण्डमा फेला पार्न सकिन्छ।

Xiaomi ले EEA मा तपाईंबाट सुरु भएको व्यक्तिगत डाटा Xiaomi समूह इकाई वा EEA बाहिरको तेस्रो पक्ष सेवा प्रदायकसँग साझा गर्दछ भने, हामी ईयु मानक सम्विदात्मक धारा वा GDPR मा प्रदान गरिएका कुनै पनि अन्य सुरक्षाको आधारमा त्यसो गर्ने छौं।

7 नाबालकहरूको संरक्षण

हामी आफ्ना उत्पादन वा सेवाहरू बालबालिकाहरूबाट हुने प्रयोगको सुपरिवेक्षण गर्ने जिम्मेवारीआमाबाबु वा अभिभावकको हो भन्ने ठान्दछौं। तथापि हामी बालकलाई सीधै सेवाहरू प्रदान गर्दैनौं वा मार्केटिङको उद्देश्यका लागि बालबालिकाको व्यक्तिगत डेटा प्रयोग गर्दैनौं।

तपाईं आमाबाबु वा अभिभावक हुनुहुन्छ र तपाईंलाई नाबालिगले Xiaomi मा व्यक्तिगत जानकारी प्रदान गरेको छ भन्ने लाग्छ भने, कृपया हामीलाई privacy@xiaomi.com मा सम्पर्क गर्नुहोस् र तपाईंका व्यक्तिगत जानकारी तुरुन्त हटाइएको र नाबालिगलाई Xiaomi सेवाहरूको सदस्यताबाट हटाइएको छ भनी सुनिश्चित गर्नेछौं।

8 मैले कुनै तेस्रो पक्षका नियम र सर्तहरूसँग सहमत हुनु पर्छ?

हाम्रो गोपनीयता नीति तेस्रो पक्षले प्रदान गरेका उत्पादन वा सेवाहरूमा लागू हुँदैन। तपाईंले प्रयोग गर्नु हुने Xiaomi उत्पादन वा सेवाको आधारमा यसले तेस्रो पक्षका उत्पादनहरू, भ्वाइस समर्थन, क्यामेरा प्रशोधन, भिडियो प्लेब्याक, सिस्टमको सफाई र सुरक्षा सम्बन्धी सेवाहरू, खेल, तथ्याङ्क, सामाजिक मिडियाको अन्तर्क्रिया, भुक्तानीको प्रक्रिया, नक्साको नेभिगेसन, साझा गर्ने, पुश, जानकारी फिल्टर गर्ने, इनपुट विधिहरू आदि समावेश गर्दछ। यीमध्ये केहीलाई तेस्रो पक्षका वेबसाइटहरूको लिंकको रूपमा प्रदान गरिने छ र केहीलाई SDK हरू, APIहरू आदिको रूपमा पहुँच प्रदान गरिन्छ। तपाईंले यी उत्पादन वा सेवाहरू प्रयोग गरेको अवस्थामा पनि तपाईंको जानकारी संकलन गर्न सकिन्छ। यसकारण हामी तपाईंले हाम्रो गोपनीयता नीति पढे जस्तै तेस्रो पक्षको गोपनीयता नीति पढ्नका लागि समय लिनुहोस् भन्ने दृढताका साथ सुझाव दिन्छौं। हामी यसका लागि जिम्मेवार छैनौं र तेस्रा पक्षहरूले कसरी तपाईंबाट संकलन गरेको व्यक्तिगत जानकारी प्रयोग गर्दछन् भन्ने कुराको नियन्त्रण गर्न सक्दैनौं। हाम्रो गोपनीयता नीति हाम्रो सेवाबाट लिंक गरिएका अन्य साइटहरूमा लागू हुँदैन।

तपाईंले माथि सूचीबद्ध विशेष उत्पादनहरूको प्रयोग गर्नुभएको खण्डमा तेस्रा पक्षका सर्त र गोपनीयता नीतिहरू लागू हुन सक्छन् भन्ने कुराका लागि निम्नलिखित उदाहरणहरू छन्:

• तपाईंले आफ्नो अर्डरलाई अन्तिम रूप दिन र भुक्तानी गर्न तेस्रो पक्षको चेक आउट सेवा प्रदायक प्रयोग गर्नुहुन्छ भने, तपाईंले चेकआउट गर्दा उपलब्ध गराउनुभएको व्यक्तिगत जानकारी तेस्रो पार्टीको गोपनीयता नीति अनुरूप सञ्चालन गरिन्छ।

• तपाईंले MIUI सुरक्षा अनुप्रयोगमा सुरक्षा स्क्यान सुविधा प्रयोग गर्दा तपाईंले सेवाको छनौट गरेअनुसार तलका मध्ये एउटा लागू हुनेछ:

• Avast को गोपनीयता र सूचना सुरक्षा नीति: https://www.avast.com/privacy-policy

• Mobile मोबाइलको AVL SDK का लागि इजाजतपत्र सम्झौता: http://co.avlsec.com/License.en.html?l=en

• Tencent को गोपनीयता निति: https://privacy.qq.com/

तपाईं MIUI सुरक्षा एप क्लीनर सुविधा प्रयोग गर्नुहुन्छ भने तपाईंले सेवा छनौट गर्नुभएको आधारमा निम्नमध्ये एउटा लागू हुनेछ:

• Cheetah मोबाइलको गोपनीयता नीति: https://www.cmcm.com/policies/privacy-policy

• Tencent को गोपनीयता निति: https://privacy.qq.com/

• तपाईं MIUI मा धेरै विशेष एप्लिकेसनहरूमा आफ्ना सेवाको छनौटको आधारमा विज्ञापन सेवाहरू प्रयोग गर्नुहुन्छ भने तलका मध्ये एउटा लागू हुनेछ:

• Google को गोपनीयता नीति: https://policies.google.com/privacy

• Facebook को गोपनीयता नीति: https://www.facebook.com/about/privacy/update?ref=old_policy

• तपाई Google इनपुट विधि प्रयोग गर्नुहुन्छ भने Google को गोपनीयता नीति लागू हुन्छ: https://policies.google.com/privacy

9 के हुँदा हामीले यो गोपनीयता नीति अपडेट गर्छौं

हामी व्यापार र प्रविधिमा परिवर्तन भएको आधारमा आवधिक रूपमा गोपनीयता नीतिको समीक्षा गर्छौं र हामी यो गोपनीयता नीति अपडेट गर्न सक्छौँ। हामीले यस गोपनीयता नीतिमा भएका सामग्री परिवर्तन गर्‍यौँ भने हामी तपाईंलाई तपाईंको दर्ता गरिएको सम्पर्क जानकारीमार्फत सूचना दिनेछौं , जस्तै ईमेल (तपाईंको खातामा निर्दिष्ट गरिएको ईमेल ठेगानामा पठाइएको) वा Xiaomi वेबसाइटहरूमा प्रकाशित गर्दछौं वा तपाईंलाई मोबाइल उपकरणहरूमार्फत सूचित गराउँछौं ताकि तपाईं हामीले संकलन गर्ने जानकारी र हामी यसलाई कसरी प्रयोग गर्छौं भन्ने बारे सिक्न सक्नु हुनेछ। गोपनीयता नितिमा गरिएका यस्ता परिवर्तनहरू सूचना वा वेबसाइटमा निर्धारित प्रभावी मितिबाट लागू हुनेछन्। हामी तपाईंलाई हाम्रो गोपनीयता प्रक्रियाहरूको नवीनतम जानकारीका लागि नियमित रूपमा यस पृष्ठको जाँच गर्नका लागि प्रोत्साहन गर्छौं। वेबसाइट, मोबाइल र/वा अन्य डिभाइसहरूमा तपाईंले उत्पादन र सेवाहरूको निरन्तर प्रयोग गरेमा यसलाई अपडेट गरिएको गोपनीयता नीतिलाई स्वीकार गर्नुभएको रूपमा मानिनेछ। हामी तपाईंको अतिरिक्त व्यक्तिगत जानकारी एकत्र गर्न वा जब हामी नयाँ उद्देश्यहरूका लागि तपाईंको व्यक्तिगत जानकारी प्रयोग गर्न वा प्रकटीकरण गर्दछौं, त्यस समय हामी तपाईंको स्पष्ट सहमति लिनेछौं।

10 अन्यहरू

10.1 एकल साइन अन

आफ्नो अधिकारक्षेत्रको आधारमा तपाईं OAuth सेवाहरूद्वारा प्रदान गरिएका लगइनका विभिन्न प्रकारको प्रयोग गरेर हाम्रो वेबसाइटमा लगइन गर्न सक्षम हुनु हुने छ। यी सेवाहरूले तपाईंको पहिचान प्रमाणीकरण गर्ने छन्, तपाईंले हामीलाई व्यक्तिगत जानकारी (जस्तै तपाईंको नाम र ईमेल ठेगाना) साझेदारी गर्ने र हाम्रो साइन अप फारमलाई आफैं भर्ने विकल्प प्रदान गर्ने छन्। OAuth का सेवाहरूले तपाईंलाई यस वेबसाइटमा तपाईंको व्यक्तिगत गतिविधिसँग सम्बन्धित जानकारी तपाईंको नेटवर्कमा अन्य प्रयोगकर्ताहरूसँग साझा गर्नका लागि तपाईंको प्रोफाइल पृष्ठमा पोस्ट गर्ने वा नगर्ने कार्यलाई अनुमति दिन्छ।

11 हामीलाई सम्पर्क गर्नुहोस्

यदि तपाईंसँग यो गोपनीयता नीति वा Xiaomi को संग्रहण बारेमा, तपाईंको व्यक्तिगत जानकारीको प्रयोग वा प्रकटीकरण सम्बन्धित कुनै प्रश्न वा टिप्पणीहरू छन् भने कृपया हामीलाई तल दिइएको ठेगानामा "गोपनीयता नीति" सन्दर्भ लिएर सम्पर्क गर्नुहोस्: हामीले गोपनीयता / पहुँच अनुरोधहरू / डाउनलोड अनुरोधहरूबारे व्यक्तिगत जानकारीसम्बन्धी प्रश्नहरू प्राप्त गऱ्यौँ भने हामीले तपाईंका समस्याहरू पेशेवर टोलीको मद्दत लिएर समाधान गर्नेछौं। तपाईंको प्रश्नमा महत्त्वपूर्ण मुद्दा समावेश छ भने, हामी तपाईंलाई थप जानकारी प्रदान गर्न अनुरोध गर्न सक्छौं। तपाईं आफुले प्राप्त गर्नुभएको प्रतिक्रियासँग सन्तुष्ट हुनुहुन्न भने तपाईंको आफ्नो उजूरी तपाईंको प्रासंगिक क्षेत्राधिकार नियामक प्राधिकरणलाई हस्तान्तरण गर्न सक्नुहुन्छ। तपाईंले हामीलाई सलाह माग्नुभयो भने हामी तपाईंको वास्तविक स्थितिको आधारमा लागू हुन सक्ने सम्बन्धित उजूरी च्यानलहरूमा जानकारी प्रदान गर्नेछौं।

Xiaomi Communications Co., Ltd. Rainbow City of China Resources, No.68, Qinghe Middle Street, Haidian District, Beijing China 100085

Xiaomi Singapore Pte. Ltd. 20 Cross Street, China Court #02-12 Singapore 048422 Email: privacy@xiaomi.com

युरोपियन आर्थिक क्षेत्र(EEA)का प्रयोगकर्ताहरूका लागि: Xiaomi Technology Netherlands B.V. Room 04-106, Wework Strawinskylaan 4117 4th Floor, Atrium North Tower Amsterdam, 1017XD

हाम्रो गोपनीयता नीति पढ्न समय दिनु भएकोमा धन्यवाद!